जुम्लाको कनकासुन्दरीमा जीप दुर्घटना,दुईको मृत्यु
जुम्ला । जुम्लाकाे कनकासुन्दरी गाउँपालिकन वडा नं. ४ मा बाेलेराे जीप दुर्घटनाकाे दुई जनाकाे मृत्यु भएकाे छ । जुम्लाबाट मुगु तर्फ जाँदै गरेकाे भे १ ज १०९९ नम्बरकाे बाेलेराे जीप नाग्म- गमगडि सडक अन्तरर्गत कनकासुन्दरीकाे छलपनेरा भन्ने ठाउँमा आईतबार विहान दुर्घटना भएकाे हाे ।
दुर्घटनामा परी घटना स्थलमै दुई जनाकाे मृत्यु भएको र मृत्यु हुनेमा चालक र सहचालक हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक याम बहादुर बुढामगरले बताउनुभयो ।
उहाँका अनुसार मृतक दुबैजनाकाे हाल सम्म सनाखत हुन सकेको छैन । गाडी धनी मुगुबाट घटनास्थल तर्फ आउँदै गरेकोले एकिन जानकारी आउन बाँकी छ । भने सडकभन्दा करिब ३ सय मिटर तल जीप खसेको छ । जीप दुर्घटनाको कारण भने अझै खुलेको छैन । यद्यपि घटनाको बारेमा अनुसन्धान भइरहेको छ । जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थल तर्फ गएको प्रहरी निरीक्षक बुढामगरले जानकारी दिनुभयाे ।








प्रतिक्रिया राख्नुहोस्