अस्पतालको लापरवाहीले बिरामीको मृत्यु

धनगढी । कैलालीको धनगढी स्थित स्वस्तिक अस्पतालमा चिकित्सकको लापरवाहीले गर्दा एक जना बिरामीको मृत्यु भएको छ । पत्थरीको शल्यक्रिया गर्ने क्रममा अत्यधिक रक्तश्राव भएर कञ्चनपुरको बेलौरी नगरपालिका १० का ओजनलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक चौधरीका भतिजा राजकुमार चौधरीले अस्पताल र चिकित्सकको लापरवाहीले काकाको मृत्यु भएको बताउनुभयो । पत्थरीको अप्रेसन गर्ने क्रममा किड्नी झिकेपछि मृत्यु भएको चौधरीले जानकारी दिनुभयो । दुवै किड्नीमा पत्थरीका कारण स्वास्थ्य समस्या देखिएपछि उपचारका लागी भदौ ९ गते बिहान चौधरीलाई अस्पताल भर्ना गरिएको थियो ।
किड्नीमा पत्थरीको अप्रेसनको क्रममा अत्यधिक रक्तश्राव भएर चौधरीको मृत्यु भएको अस्पतालले जनाएको छ ।
उक्त घटनापछि अस्पतालमा परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैबिच मृतकका आफन्तले डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै सत्य तथ्य छानविन गरी उपचारका संलग्नलाई कडा कारबाहीको माग गरेका छन् । उनीहरू किटानी जाहेरीका लागि जिल्ला प्रहरी कार्यालयमा पुगेको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्