वाइफाइ जोड्न गएका युवकको करेन्ट लागेर निधन
बाँके । कोहलपुर नगरपालिका २ विकास नगरमा वाइफाइ जोड्न बिद्युत्को पोलमा चढेका एक युवकको करेन्ट लागेर निधन भएको छ ।

सुर्खेत घर भएका १९ वर्षीय गौतम ओलीको आज दिउँसो १ बजे बिद्युत्को पोलमा वाइफाइको तार जोड्ने क्रममा निधन भएको ईलाका प्रहरी कोहलपुरले बताएको छ ।
वाइफाइको तार जोड्न पोलमा चढेका ओली एक्कासी रुखबाट पात खसेजस्तै खसेको स्थानीयले बताएका छन् ।







प्रतिक्रिया राख्नुहोस्