तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस अनुशासन समितिको कार्यविधि पारित

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यविधि, २०८० लाई संशोधनसहित पारित गरेको छ । 

काँग्रेस केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले सो कार्यविधि पारित गरेको हो ।

यसैगरी समिति संयोजक आनन्दप्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको बैठकले समितिको सचिवमा काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ । 

समितिको बैठक भोलि यही भदौ ११ गते बिहान ८ बजे पुनः बस्ने पार्टी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button