तपाईँ सुन्दै हुनुहुन्छः

देश र परिवर्तनका लागि समर्पित भएर काम गर्न अध्यक्ष ओलीको आग्रह

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्ताहरूले राजनीतिक अभियानसँगै विकास निर्माण र सम्वृद्धिको अभियन्ता भएर काम गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।

नेकपा एमाले कोशी प्रदेश सङ्गठन कमिटीको सातौँ पूर्ण बैठकलाई विराटनगरमा सम्बोधन गर्नुहुँदै उहाँले देश र परिवर्तनका लागि समर्पित भएर काम गर्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।

नेकपा एमाले जिम्मेवार र अनुशासित पार्टी भएकाले पार्टीप्रति नेपाली जनताको ठुलो आशा र भरोसा रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले विभिन्न जातीय समुदायको आ–आफ्नै पहिचान रहेकाले नेपालीहरू बीचको सांस्कृतिक एकतालाई कसैले बिथोल्न नसक्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button