सन्दिप लामिछानेविरुद्धको मुद्दामा हेर्न नभ्याइनेमा

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नाबालिग बलात्कार कसुरमा क्रिकेटर सन्दीप लामिाछिानेविरुद्ध परेको मुद्दाको सुनुवाई हेर्न नभ्याइने सूचीमा राखेको छ ।
जिल्ला अदालतले क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा सुनुवाई गर्न न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकेको थियो ।
पाँचौँ नम्बरमा परेको क्रिकेटर सन्दीपविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासले हेर्न नभ्याइने सूचीमा राखेको हो ।
काठमाडौँ जिल्ला अदालतमा जारी सन्दीपविरुद्धको जबरजस्ती करणी मुद्दामा आज अन्तिम सुनुवाइ दाबी गरिएको थियो ।
नाबालिग बलात्कारको कसुरमा क्रिकेटर लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते अदालतमा मुद्दा परेको थियो ।







प्रतिक्रिया राख्नुहोस्