नौमति बाजा संरक्षणमा गैर दलित समुदाय
धनकुटा। पछिल्लो समय बाजा बजाउने कालीगढको अभावका कारण नौमति बाजा लोप हुन लागेको भन्दै धनकुटाको छथर जोरपाटीका बासिन्दा संरक्षणमा जुटेका छन् ।
नौमतिवाजा संरक्षण समितिनै गठन गरेर छथर जोरपाटी गाउँपालिका वडा नं. ६ नाम्जाङ्गका स्थानीय संरक्षणका लागेका हुन।
नाम्जाङका पुरुष र महिला विभिन्न उत्सव, मेला, पर्व, विवाह, व्रतबन्ध लगायत विशेष कार्यमा नौमती बाजा बजाउने गर्छन् । नौमतिवाजा बजाउने १५ दिने तालिम लिएर उनीहरूले बाजा बजाउन सिकेका हुन । नेपाली कला संस्कृतिको जर्गेना उद्देश्यले अभियान थालिएको नौमति बाजा संरक्षण समितिका अध्यक्ष दीपक गुरुङले बताउनु भयो ।
देउसी भैलो खेलेर उठेको १ लाख ४५ हजार रुपैयाँबाट खरिद गरेका नौमति बाजा भित्रका ट्याम्को, वागदल, समया, झ्याम्टा लगायत बाजा महिलाले बजाउने गरेका छन् भने नर्सिङ्गा, सनाई जस्ता बाजामा पुरुषले साथ दिने गरेका छन् । महिलाहरूले समेत बाजा बजाउन थालेपछि आफूहरू उत्साहित भएको स्थानीय नेत्रकुमारी काफ्लेले बताउनु भयो ।
खास एक जातिले मात्र बजाउनु पर्छ भन्ने मान्यताले पछिल्लो समय यो बाजा हराउँदै गएको छ । बाजा बजाउन दलित समुदायकै मात्र आवश्यकता पर्छ भन्ने मान्यतालाई तोड्दै यसको संरक्षण तर्फ लागेको स्थानीय अम्बर घिमिरेको भनाइ छ ।
नामजाङ्गबासीले झैँ अन्य क्षेत्रका बासिन्दा पनि यस्ता कला संस्कृतिको संरक्षण तर्फ लाग्न आवश्यक छ । जसले लोप हुन लागेको कला संस्कृति जोगाउन मदत गर्ने छ ।







![राष्ट्रिय स्वतन्त्र पार्टी प्रथम राष्ट्रिय महाधिवेशन [LIVE]](https://radionepalonline.com/wp-content/uploads/2026/06/raswopamahadhibesan-390x220.jpg)
प्रतिक्रिया राख्नुहोस्