तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु

महोत्तरी । महोत्तरीमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएका छ । 

महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर – ९ प्रकौली चोकमा दामोदर एकेडेमी गेटअगाडि मिट क्याम्पस जनकपुरको बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो।

ज८प ९२६७ नम्बरको मोटरसाइकलमा प्रकौलीबाट जनकपुरतर्फ जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको बा२क १५३६ नम्बरको बसले ठक्कर दिँदा प्रकौलीनिवासी ३५ वर्षीय सन्तोष यादवको घटनास्थलमै मृत्यु भएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ। चालक फरार रहेका र बस नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button