जमुनाह भन्सारबाट सबैभन्दा धेरै डिजेल आयात: ६ अर्ब ९७ करोड बढी राजस्व सङ्कलन
बाँके । नेपालगन्ज भन्सार कार्यालयले एक वर्षमा सबैभन्दा धेरै डिजेल आयातबाट राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले गत आर्थिक वर्षमा डिजेल आयातबाट ६ अर्ब ९७ करोड दुई लाख ८२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको भन्सार अधिकृत समेत रहेका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले जानकारी दिनुभयो ।
तर, आर्थिक बर्ष ०७८/०७९ को तुलनामा कम आयात भएको छ । यो आर्थिक वर्षमा एक लाख ७२ हजार २०८ किलोमिटर डिजेल आयात भएको थियो । तर, आव ०७९–०८० मा एक लाख ३९ हजार चार सय किलोमिटर डिजेल भित्रिएको सूचना अधिकारी शर्माले बताउनुभयो ।
डिजेल आयातबाट आव ०७८–०७९ मा ६ अर्ब ९७ करोड २८ हजार दुई सय रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने आव ०७९–०८० मा घटेर पाँच अर्ब ८३ करोड १७ लाख ६९ हजार रुपैयाँ मात्र राजस्व सङ्कलन भएको छ ।
डिजेल पछि आयात धेरै हुनेमा चामल रहेको छ । गत आवमा भारतबाट चार अर्ब ७३ करोड ६० लाख १० हजार मूल्यको ६ करोड १८ लाख ७९ हजार ९४० किलोग्राम चामल आयात भएको छ । अघिल्लो आव ०७८–०७९ मा नौ अर्ब ६२ करोड १० लाख ७२ हजार रुपैयाँको १७ करोड ११ लाख पाँच हजार ८९२ किलोग्राम चामल नेपाल भित्रिएको थियो ।
तेस्रो धेरै आयात हुनेमा चामल छ । गत आवमा ५४ करोड ८८ लाख नौ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ भने आव ०७८–०७९ मा एक अर्ब १४ करोड ७१ लख ३३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी शर्माले दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्