तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री दाहालद्वारा धादिङ बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङको गजुरीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । 

आज काठमाडौँबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–२ को राजमार्गबाट त्रिशूली नदीमा खस्दा आठ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा मृत्यु भएका यात्रुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले उद्धार कार्य प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो ।  

“सवारी दुर्घटनामा परी ज्यान गुमाउनु हुने मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र शुभेच्छुकहरूमा समवेदना प्रकट गर्दछु”, प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत समवेदना प्रकट गर्नुभएको छ, “घाइते यात्रुहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार कार्य प्रभावकारी बनाउन गृह प्रशासन, सुरक्षा अङ्ग र स्थानीय प्रशासनलगायत सम्बन्धित सबैलाई निर्देशित गर्दछु ।” 

उहाँले घाइते यात्रुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button