तपाईँ सुन्दै हुनुहुन्छः

थाइल्याण्ड र म्यानमारका नेपाली भाषी प्रतिनिधिहरूद्वारा उपप्रधानमन्त्री खड्कासँग भेट

काठमाडौँ । थाइल्याण्ड र म्यानमारमा रहेका नेपाली भाषीहरूको प्रतिनिधिमण्डल थाई नेपाल एसोसिएसनले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेट गरेको छ ।

रक्षा मन्त्रालयमा भएको भेटमा थाई नेपाल एसोसिएसनका पदाधिकारीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्का समक्ष आफ्ना पुर्खा पनि नेपाली भएको र धेरै वर्षदेखि विदेशमा रही सोही देशको नागरिकका रुपमा काम गरिरहेको बताउनुभयो । साथै उहाँहरूले आफूहरू नेपालीकै सन्तान भएको भन्दै पहिचान खुल्ने व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो । भेटमा थाई नेपाल एसोसिएसनका प्रतिनिधिहरूले आफूहरूलाई नेपाल आवतजावत गर्न पाउने तथा गैर आवासीय नेपालीको परिचयपत्र उपलब्ध गराउन आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्री खड्काले यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै संविधानको परिधिभित्र रहेर यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि छलफल गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button