तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा स्याउ ढुवानी समस्या बारीमै कुहिने चिन्तामा कृषक

बाजुरा । बाजुरामा यो वर्ष पनि स्याउ ढुवानीमा समस्या भएको छ। वर्षादमा  सधैँ जसो अवरुद्ध भइरहने मार्तडी कोल्टी सडक खण्ड यो बर्ष पनि  ठाउँ/ठाउँमा पहिरोका कारण अवरुद्ध बनेपछि स्याउ ढुवानी गरि बजार सम्म पुर्‍याउन नसकिने स्थिति बनेको छ।स्याउ पाकेकै समयमा सडक अवरुद्ध भएका कारण स्याउ ढुवानी रोकिएपछि बारीमै कुहिने हुन् कि भन्ने चिन्तामा आफूहरू रहेको स्याउ कृषक हरुले गुनासो गरेका छन्।  बाजुरामा यो बर्ष अत्यधिक मात्रामा स्याउ फलेका छन् ।उत्पादनमा वृद्धि भए पनि पाकेका स्याउ बजार सम्म पुर्‍याउनु कृषकका लागि चुनौती बनेको छ।

वर्षभरी मेहनत गरि लाभ लिने बेला ढुवानीको चिन्ता भयो पिठ्युँमा बोकेर मार्तडी बजार सम्म लिउ भने भारी सँग २ दिन लाग्छ यति धेरै स्याउ कसरी बोकेर लिन सकिन्छ ? सरकारले स्याउ बजारीकरणका लागि सहयोग गरिदिए हुन्थ्यो बुढिनन्दा नगरपालिका ९ पाण्डुसैनका स्याउ कृषक पुर रावतले भन्नुभयो ।स्याउ बेचेरै जीविकोपार्जन गरौँला भनेर वर्षभरि मेहनत गर्‍यो अन्तिममा ढुवानीकै समस्या हुन्छ स्याउ बजार सम्म पुर्‍याउन नसके बारीमै कुहिन्छन् होला त्यसो हुँदा छोराछोरी के गरि पाल्ने, के गरि पढाउने हाम्रो मुख्य व्यवसायनै स्याउ खेती हो जुकोटका स्याउ कृषक पुरेन्द्र शाहिले दुखेसो गर्नुभयो ।

वर्षाद शुरु भए देखिनै अवरुद्ध बनेको मार्तडी कोल्टी सडक खण्ड  खुल्ने कहिले सम्म खुल्ने भन्ने टुङ्गो लागेको छैन भने   मौसम खराबी भइरहनाले कोल्टिमा नियमित जहाज पनि आइरहेको छैन। यी सबै कारणले स्याउ ढुवानी नहुने बारीमै कुहिने  चिन्तामा कृषक परेका हुन् । 

यता कृषि ज्ञान केन्द्र बाजुराले भने बिगत ४बर्ष देखि स्याउ अनुदानमा ढुवानी गरिँदै आएकोमा यो बर्ष पनि अबको २ हप्ता भित्रै कृषकका स्याउ बारीबाटै अनुदानमा ढुवानी गरिने जनाएको छ। हामी २ हप्ता भित्रै ढुवानी प्रक्रिया थाल्दैछौं कृषकले आत्तिनु पर्दैन बारीबाटै अनुदानमा स्याउ जिल्ला भित्रका बजार र जिल्ला बाहिरका सहरहरूमा बजारीकरणका लागि पठाउँछौँ कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरि पनेरुले भन्नुभयो ।

स्थानीय सरकार सँग समन्वय गरेर स्याउ ढुवानीको कार्य गरिनेछ। हाल कार्टुन छपाइको काम भइरहेको छ केहिदिन  भित्रै सूचना गरेर ढुवानीको कार्यक्रम अगाडि बढाइने पनेरुले बताउनु भयो।

बाजुरामा  कुल ३ सय ७० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिने  गरिएको छ ।जसमध्ये हाल उत्पादनशील क्षेत्र १ सय ७५ हेक्टर रहेको छ भने जम्मा उत्पादन १हजार १ सय३७ मेट्रिकटन रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button