मन्त्री रिजालद्वारा वीरगन्ज शाखाबाट बिलिङ कार्यको उद्घाटन
वीरगन्ज । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले जनतालाई केन्द्रबिन्दु बनाएर राज्यले प्रदान गर्ने सेवा सुविधा सरलीकृत गर्दै सहज र व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल आयल निगम शाखा कार्यालय वीरगन्जबाट बिलिङ गरी इन्धन वितरण कार्यको उद्घाटन गर्दै उहाँले वीरगन्ज तथा आसपासका पेट्रोलियम डिलरहरू अब अमलेखगन्ज गएर इन्धन ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।

उद्घाटन भएसँगै आजैबाट नेपाल आयल निगमले अब शाखा कार्यालय वीरगञ्जबाट पेट्रोलियम पदार्थको बिक्री वितरण कार्य पुनः सञ्चालनमा ल्याएको छ ।
सो अवसरमा मन्त्री रिजालले वीरगञ्ज शाखाबाट बिलिङ सुविधा सुरु भएसँगै वीरगञ्ज लगायत आसपासका पेट्रोलियम व्यवसायीलाई पेट्रोल, डिजेल, मट्टितेल लगायतका इन्धनको ढुवानी सहज भएको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्