तपाईँ सुन्दै हुनुहुन्छः

‘पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण’

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स कोशी प्रदेशको ११ औँ साधारण सभाको आज विराटनगरमा उद्घाटन गर्नुहुँदै उहाँले कोशी प्रदेशमा पर्यटन क्षेत्रको प्रशस्त सम्भावना रहेकाले निजी क्षेत्रलाई पर्यटन क्षेत्रमा थप लगानी गर्न आग्रह गर्नुभयो ।

ठुला ठुला होटेलमा लगानी गरेर पर्यटकलाई कोशी प्रदेशमा भित्राउन निजी क्षेत्रले खेलेको भूमिका सराहनीय रहेको बताउँदै निजी क्षेत्रलाई प्रदेश सरकारको सदैव सहयोग रहेको उहाँले उल्लेख गर्नुभयो ।

कोशी प्रदेश सरकारको मुख्य लक्ष्य भनेको कृषि पर्यटन, पूर्वाधार, स्वास्थ्य, शिक्षा लगायत निजी क्षेत्रको विकास रहेकाले निजी क्षेत्रलाई असर पर्ने गरी यो सरकारले कुनै निर्णय नगर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button