तपाईँ सुन्दै हुनुहुन्छः

दुर्गम गाउँमा भिडियो एक्स—रेसहितको स्वास्थ्य शिविर

रुकुम पश्चिम । रुकुम पूर्वको दुर्गम गाउँ सिस्नेमा भिडियो एक्स—रेसहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । 

सिस्ने गाउँपालिका वडा नम्बर १ सिस्ने स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । 

स्वास्थ्य चौकीमा प्रमुख काँशिराम ओलीका अनुसार शिविरबाट २७ जना गर्भवतीहरूको भिडियो एक्स—रेमार्फत सेवा दिइएको हो भने अन्य १५ जनाले स्त्री रोग सम्बन्धीका सेवा लिएका छन् । 

गर्भ जाँचका साथै टोलमा पुगेर सुत्केरी र ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गरिएको स्वास्थ्य चौकी प्रमुख ओलीले बताउनुभयो । 

गाउँमै डाक्टरसहितको टोली पुगेर भिडियो एक्स—रेमार्फत सेवा पाउँदा स्थानीयवासी खुसी भएका छन् । 

स्वास्थ्य शिविरमा रुकुम पूर्व अस्पतालका डा.अनिश श्रेष्ठको नेतृत्वमा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो । 

सिस्ने गाउँपालिकाले रुकुम पूर्व अस्पताल, स्वास्थ्य कार्यालय, फेयरमेड फाउन्डेसन र सर्वाङ्गीण विकास केन्द्र (एचडीसी) नेपालद्वारा सञ्चालित ग्रामीण स्वास्थ्य सुधार कार्यक्रम लगायतको सहकार्यमा शिविर सञ्चालन गरिएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button