हरितालिका तीजको अवसर : अस्ट्रेलियामा ’नइ नारी गौरवी पुरस्कार’ प्रदान

सिड्नी । ’नइ एकेडेमी अस्ट्रेलिया’ले तीज महोत्सव भब्य रुपमा सम्पन्न गरेको छ । गत ११ अगष्टमा ग्रानभिलमा नइ एकेडेमी अस्ट्रेलियाले महोत्सव आयोजना गरी विभिन्न विधाका उत्कृष्ट नारीहरूलाई ‘नइ नारी गौरवी पुरस्कार’ (नइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर– २०२३ अवार्ड) द्वारा सम्मान गरेको हो ।
यस अवसरमा शिक्षा तथा समाजसेवातर्फ जमुना गुरुङलाई, विज्ञान तथा प्रविधितर्फ डा।अर्चना कोइरालालाई र कला, संस्कृति र समाजसेवातर्फ नारी निकुञ्ज अस्ट्रेलियालाई ‘नइ नारी गौरवी पुरस्कार’ (नइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर– २०२३ अवार्ड) प्रदान गरियो । ती पुरस्कारका राशी जनही पाँच सय डलर रहेका छन् । त्यसैगरी अस्ट्रेलियामा बसोबास गरी विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने नारीहरूलाई नइ एकेडेमी अस्ट्रेलियाले श्वेता मैनाली, उषा किरण बारिया, रञ्जु वाग्ले, प्रतिष्ठा गौतम, एन्जी शेर्पा, नीना शाही र प्रतिज्ञा अधिकारीलाई कदर पत्र प्रदान गरेको छ ।

समारोहमा जेनिशा गौतमले साङ्गीतिक प्रस्तुत गर्नुभयो । । चर्चित गायिका तथा नृत्यकार जेनिशा गौतमको नृत्य तथा गीत सुनन अस्ट्रेलियाका विभिन्न स्थानमा रहेका नेपालीहरू आएका थिए । महोत्सवकै अवसरमा कलाकारहरू सुनिश कटुवाल, निशा केसी, बिन्दु पौडेल र दिप्शी भट्टले गीत र नृत्य प्रस्तुत गर्नुभयो । नइ एकेडेमी अस्ट्रेलियाका संस्थापक तथा अध्यक्ष सीमा रोशीले नेपाली कला साहित्य र संस्कृतिलाई विश्वमा चिनाउन यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उक्त समारोहमा एनआरएनएका पूर्वअध्यक्ष नन्द गुरुङले एनआरएनएको एउटा उद्देश्य कला संस्कृतिलाई अगाडि बढाउनु रहेको भन्दै नइका कार्यक्रमले नेपाली संस्कृति, कला र भाषाको उत्थानका लागि योगदान दिने बताउनुभयो । उहाँले नेपाली भाषा साहित्यसम्बन्धी कार्यक्रमप्रति आफ्नो सदैव सदाशयता रहने पनि प्रतिबद्धता जनाउनुभयो । त्यस्तै नवनिर्वाचित अध्यक्ष अनिल पोखरेलले एनआरएनए कला संस्कृतिको उत्थानका लागि नइ एकेडेमीजस्ता संघ संस्थासँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

महोत्सवमा अस्ट्रेलियाकी सांसद डोना डेविसले अन्य अस्ट्रेलियामा रहेका विभिन्न समुदायजस्तै नेपाली कला साहित्य सस्कृतिप्रेमी नेपालीहरूको संस्था नइ एकेडेमी अस्ट्रेलिया पनि एक भएको बताउनुभयो । सांसद डेविसले आफूहरूले नेपाली संस्कृतिलाई महत्वका साथ हेरेको भन्दै नइ एकेडेमी अस्ट्रेलियालाई अझै अगाडि बढाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले नइ एकेडेमी अस्ट्रेलिया जस्ता नेपाली संघसंस्थासँग सहकार्य गर्न आफू सदैव तत्पर रहने पनि बताउनुभयो ।
समारोहमा एनआरएनए आइसिसिका उपाध्यक्ष धर्मराज अधिकारीलगायत लक्ष्मी होम, एनआरएनए अस्ट्रेलिया र म्याग्दी सेवा समितिका पूर्व अध्यक्ष मुक्ति रोका र म्याग्दी जलजला समाजका संस्थापक राजकुमार भण्डारी, विनोद कुँवर, हरि रामजाली तथा सन्दिप अधिकारीबाट पनि नइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर– २०२३ सफल पार्न विशेष सहयोग जुटेको नइ एकेडेमी आफ अष्ट्रलियाले जनाएको छ ।
एनआरएनए अस्ट्रेलियाका निवर्तमान अध्यक्ष नन्द गुरुङको प्रमुख आतिथ्यता रहेको उक्त समारोहमा नेपाली समाजकी अगुवा इन्द्रा वन, नारी निकुञ्जकी पूर्व अध्यक्ष प्रतिज्ञा अधिकारी, अनेसास पूर्वअध्यक्ष सानु घिमिरे, एनआरएनए आईसी सदस्य रमेश अधिकारी, एनआरएनए सह कोषाध्यक्ष रोजी पन्थ, नारी निकुञ्ज एनएसडब्ल्यू अध्यक्ष सवला बस्नेत, नारी निकुञ्ज पूर्व डेप्युटी कोअर्डिनेटर भवानी पराजुली र रुपन्देही सामाजिक सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेलको सक्रिय सहभागिता रहेको थियो ।






प्रतिक्रिया राख्नुहोस्