अध्यक्ष तिमिल्सिनासंग थाई नेपाली संघका पदाधिकारीको भेट
गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

काठमाडौँ । थाई नेपाली संघ थाइल्याण्डका पदाधिकारीले राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग उहाँको सिंहदरबारस्थित कार्यकक्षमा मङ्गलवार भेट गरेका छन् ।
भेटमा थाइल्याण्डमा बसोबास गर्दै आएका नेपाली मूलका नेपाली भाषी थाई नागरिकलाई गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहल गरिदिन आग्रह गरेका छन् ।
भेटमा अध्यक्ष तिमिल्सिनाले थाइल्याण्डमा बसोबास गरिरहेका नेपाली मूलका नागरिकका समस्याहरू समाधानका लागि आफ्नो ठाउँबाट पहल गर्ने आश्वासन अध्यक्ष तिमिल्सिनाले दिनुभयो ।

थाई र नेपालबाट दोस्रो विश्व युद्धताका म्यानमार हुँदै थाइल्याण्ड पुगेका नेपाली नागरिकका चौथो पुस्ता सम्म बसी सकेका छन् । गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले उपलब्ध गराउने परिचयपत्र पाउन समेत थाईल्याण्डमा लामो समय बसोबास गरेका नागरिकलाई सदस्य बनाउन कठिन भएको छ ।
गैह्र आवासीय नेपाली सङ्घको परिचयपत्र नहुँदा नेपालमा आवतजावत गर्न भिसा र अन्य सुविधाबाट बञ्चित हुनु परेको र नेपाली मौलिक संस्कार र संस्कृतिको बोध गराउनका लागि पनि परिचयपत्र आवश्यक भएको नेपाली संघ थाइल्याण्डका अध्यक्ष वासाना राईले बताउनुभयो । थाईल्याण्डमा झण्डै १ लाख नेपाली भाषी नागरिक रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्