नेपालगन्जमा मस्तिष्कको नसा सम्बन्धि दुर्लभ र जटिल शल्यक्रिया सफल

नेपालगन्ज । बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा ‘ब्रेन एन्यूरिज्म’ भनिने मस्तिष्कको नसा सम्बन्धि दुर्लभ र जटिल शल्यक्रिया सफल भएको छ ।
दिमागको रक्त नली फुलेर बेलुन जस्तो हुँदै फुटेर आन्तरिक रक्तश्राव हुनुलाई ‘ब्रेन एन्यूरिज्म’ भनिन्छ । यस समस्याबाट पीडित दाङको दंगीशरण गाउँपालिकाकी ५३ वर्षीया खगा श्रेष्ठको न्युरो सर्जनद्वय डा. निरज घिमिरे र डा. सुबोध गौतमले पाँच घण्टा लगाएर सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । साउन १४ गते शल्यक्रिया भएकोमा श्रेष्ठ साउन २८ गते अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
साउन १४ गते घरमै बसिरहेको बेला एक्कासी टाउको दुखेर उहाँ अचेत भएर लड्नुभएको थियो । सोही दिन उहाँलाई दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको इमरजेन्सी कक्षमा पुर्याइएको थियो । टाउकोको सिटीस्क्यान गर्दा दिमागको रक्त नली फुटेको ९ब्रेन एन्यूरिज्म० समस्या पत्ता लागेको थियो ।








प्रतिक्रिया राख्नुहोस्