सिरहा प्रहरीद्वारा सुरक्षागार्डको हत्यारा सार्वजनिक

लहान । सिरहा प्रहरीले खानेपानी संस्थाको सुरक्षागार्डको हत्या गरेको आरोपमा पक्राउ परेका दुई जनालाई आज सार्वजनिक गरेको छ ।
हत्या भएको डेढ महिना पछि मिर्चैया नगरपालिका वडा नम्बर ७ का २२ वर्षीय रविन सदा र मिर्चैया–५ का २० वर्षीय दीपक सदा पक्राउ परेका हुन ।
मिर्चैया स्थित रहेको खानेपानी संस्थामा सुरक्षामा खटिँदै आएका मिर्चैया–८ का ६० वर्षीय किशोरी राय कुर्मीको शव गत आषाढ ११ गते बिहान धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको थियो ।
घटनाको अनुसन्धानका क्रममा अभियुक्तहरू कार्यालय भित्र रहेको ल्यापटप चोरी गर्न गएको र सुरक्षा गार्ड मृतक रायले प्रतिकार गर्दा उनीमाथि चक्कु प्रहार गरी हत्या गरेको खुलेको सिरहा प्रहरीले जनाएको छ ।
आरोपीहरूले हत्यामा आफूहरूको संलग्नता रहेको स्वीकार गरेको सिरहाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्