प्रदेश सरकार २ वर्षसम्म चल्छ : मन्त्री सुनुवार
धनकुटा । कोशी प्रदेशका खानेपानी, सिचाई तथा ऊर्जा मन्त्री प्रदीप सुनुवारले अहिलेको प्रदेश सरकार २ वर्षसम्म चल्ने बताउनुभएको छ ।
शनिबार नेपाली काँग्रेस धनकुटा नगर समितिले सञ्चालन गरेको आन्तरिक विशेष अभियानको पहिलो चरणको कार्यक्रमको समापनको अवसरमा मन्त्री सुनुवारले विश्वासको मत लिइसकेपछि २ वर्ष अविश्वासको प्रस्ताव राख्न नपाउने संवैधानिक व्यवस्था अन्तरगत यो सरकार २ वर्ष चल्ने बताउनुभयो ।

उहाँले गठबन्धनको ४७ सिटसहित ५१ प्रतिशत भएर यो सरकार बनेको र त्यही आधारमा विश्वासको मत पाउने उहाँले बताउनुभयो । विश्वासको मतको विषयमा राप्रपा र एमालेसँग कुरा भइरहेको र मत लिने बेलासम्ममा विश्वासको मत दिने विश्वास रहेको मन्त्री सुनुवारले बताउनुभयो ।
कांग्रेस धनकुटाले गत साउन २० गतेबाट अभियान सञ्चालन गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्