तपाईँ सुन्दै हुनुहुन्छः

नालामा बेपत्ता किशोरको शव तीन दिनपछि फेला

बाँके । खजुरास्थित जेठिनालामा बेपत्ता भएका १६ वर्षीय किशोरको शव फेला परेको छ ।

तीन दिनको वर्षापछि खजुरा गाउँपालिका वडा नं. ७ स्थित जेठिनालामा आएको भेलमा पौडी खेल्न गएका खजुरा गाउँपालिका वडा नं. ६ शान्तिनगर स्थित श्री जनकल्याण माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत १६ वर्षीय विकास सुनार बुधबार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

सुनार बेपत्ता भएलगत्तै ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएका प्रहरी टोली र सशस्त्र प्रहरी टोलीको सहयोगमा शुक्रबार बेलुका तीन दिनपछि मृत्यु अवस्थामा शव भेटिएको खजुरा गाउँपालिका स्थानीय युवा बिकास सापकोटाले जानकारी दिनुभयो ।

जेठिनालामा रहेको जामुनको रुखको जरामा शव अल्झिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । धनौलीका प्रमुख प्रहरी निरीक्षक सन्दिप बेलबासेको नेतृत्वमा उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल आर्मी लगायत खटिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button