तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा अवैध हतियारसहित दुई जना पक्राउ

नेपालगञ्ज । बाँकेको कोहलपुरमा अवैध हतियारसहित दुई जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालयका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर १३ सिम्री बस्ने ३८ वर्षीय शेरबहादुर खत्री र ३८ वर्षीय लालबहादुर पजभैया पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुर र सव डिभिजन वन कार्यालय कोहलपुरबाट खटिएको संयुक्त टोलीले कोहलपुर नगरपालिका वडा नम्बर १३ सिम्रीबाट उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट अवैध घरेलु हतियार एक नाले भरुवा बन्दुक २ थान बरामद गरिएको हो । उनीहरूलाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button