तपाईँ सुन्दै हुनुहुन्छः

लम्पी स्किनबाट नलगाड ४ मा ३७ गाईगोरु मरे

जाजरकोट  । जिल्लाको नलगाड नगरपालिका ४ मा लम्पी स्किनको सङ्क्रमणबाट मृत्यु हुने पशुको सङ्ख्या ३२ पुगेको छ । वडा अध्यक्ष बद्री पन्तका अनुसार साउन २४ गतेसम्मको विवरण अनुसार गोरु २१ वटा गाई ९ वटा र ३ वटा बाच्छाबाच्छी मरेको उहाँले जानकारी दिनुभयो । 

लहँका किसानले पालेका तीन सय बढी पशु लम्पी स्किन रोगबाट प्रभावित भएका थिए । लम्पी स्किनका कारण गाई गोरुको छालामा गिर्खा निस्किने, ज्वरो आउने,शिथिल बन्दै जाने र त्यसपछि मृत्युसम्म हुने गरेको किसान गणेशबहादुर थापाले बताउनुभयो । 

यो रोगबाट सिमाऔल, बाउसेखोला, माझगाउँ, भात्चिउरा, कोठी गाउँ मान्चौरमा सबैभन्दा धेरै गोरु र गाई प्रभावित भएका वडा अध्यक्ष पन्तले जानकारी दिनुभयो । यसबाट औलका धुव्र रावलको १ वटा गोरु, बिष्णु रावलको गाई र बाच्छी,  ललित थापाको १ वटा गोरु, बाउँसेखोलाका धनबहादुर बोहराको गोरु १ वटा, सितली रावलको १ वटा गोरु, नैनबहादुर बुढाथोकीको बाच्छी १ वटा, खदल खड्का गोरु १, लक्षे दमाईको गोरु १, उर्मिला रावल गोरु १, गणेशबहादुर थापा गोरु १, महेन्द्रबहादुर रावल गोरु २, टसी कामी गोरु १, माया रावल गोरु १, बमबहादुर रावल गाई ३, केशरा गौतम गाई १, गोवर्धन वली गोरु १, हात्तीराम सार्की गोरु २, गाई १, जयबहादुर सार्की बाच्छी १, बलबहादुर सार्की गोरु १, जयबहादुर विक गोरु १, जयन्ती थापा गोरु १, कृतिबहादुर रावल गोरु १, शेरबहादुर रावल गोरु १, जानका वली, राजु वली, ललित वली लगायत किसानहरूका गोरु मरेका हुन्  । धमाधम गाई गोरु मरेपछि यहाँका किसान चिन्तित छन् ।‘सरकारले हामीलाई राहतको व्यवस्था गर्नु पर्छ । जोत्ने समयमा गोरु मरेका छन्, कसरी खेतीपाती लगाउने हो’, किसान महेन्द्र रावलले भन्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button