तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने गरी कानुन बन्दैन : मन्त्री गुरुङ

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने गरी कानुन नबन्ने बताउनुभएको छ ।

file photo

नेपाल प्रेस युनियनले आज काठमाडौँमा आयोजना गरेको सूचना प्रविधि विधेयकमाथिको छलफल कार्यक्रममा मन्त्री गुरुङले सञ्चार माध्यमलाई नभई सामाजिक सञ्जाललाई नियमन गर्ने विषयमा छलफल भएको बताउनुभयो ।

सूचना प्रविधि विधेयकबारे व्यापक छलफल भएको र शीर्ष नेताको बैठकमा त्यो कुरा उठेको भन्दै मन्त्री गुरुले सामाजिक सञ्जालमा जे पायो त्यही विषयलाई समाचार बनाएर बाहिर ल्याउँदा विकृति फैलिएकाले त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल भएको बताउनुभयो ।

आमसञ्चार माध्यमलाई नियन्त्रण गर्ने गरी विधेयक बनाउनुपर्छ भन्ने कुरा नआएको जिकिर गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल नियमनका लागि विधेयक मस्यौदा गरेको र त्यसका लागि सम्बन्धित विभिन्न पक्षसँग छलफल गरी सुझाव सङ्कलन गरिरहेको आफूले जानकारी पाएको पनि मन्त्री गुरुङले बताउनुभयो ।

कार्यक्रममा सहभागी पत्रकारहरूले भने सञ्चार माध्यम र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने ढंगले कानुन बनाउन नहुने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button