तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा डेंगु रोग नियन्त्रणको लागि ‘खोज र नष्ट’ गर अभियान

इलाम । इलाम नगरपालिकामा डेंगु रोग रोकथाम र नियन्त्रणको लागि अभियान सुरु भएको छ ।

आजदेखि इलाम नगरपालिका र स्वास्थ्य कार्यालय इलामको अगुवाइमा डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गरेको हो ।

जनचेतनाको लागि साथै अन्य पाालिकाहरुमा पनि कार्यक्रम सञ्चालन गर्न सकिने भएकोले अभियान थालिएको स्वास्थ्य कार्यालय इलामका प्रवक्ता तथा डेंगु रोगका फोकल पर्सन विमल बरालले बताउनुभयो ।

डेंगु रोगको प्रमुख कारण लामखुट्टे र यसले अण्डा पार्ने पानी जम्ने स्थानहरू खोजी गर्दै नष्ट गर्ने अभियान सञ्चालन गरिएको उहाँको भनाई छ ।

टायर, ड्रम, गमला, खाल्डाखुल्डी , नालीमा लामो समयदेखि जमेको पानीमा डेंगु सार्ने लामखुट्टे बस्ने गर्दछ । डेंगु नियन्त्रणको घरभित्र र वरिपरि पानी जम्न दिन नहुने स्वास्थ्यकर्मी बताउँछन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राई, इलाम नगरपालिकाका प्रमुख केदार थापा, इलाम नगरपालिकाका उपप्रमुख विष्णु कुमारी दाहाल लिम्बु, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल, जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारी, जनप्रतिनिधि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत स्थानीय बासीको सहभागिता रहेको थियो ।

इलाममा हालसम्म २१ जना डेंगुका बिरामी रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button