तपाईँ सुन्दै हुनुहुन्छः

आजदेखि पहिलो पटक इलामबाट राष्ट्रिय परिचय पत्र वितरण सुरु

इलाम ।  जिल्ला प्रशासन कार्यालय इलामबाट आजदेखि पहिलो पटक राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको छ । 

प्रमुख जिल्ला अधिकारी प्रमुख श्रवण कुमार पोखरेलका अनुसार पहिलो चरणमा पाँच सय थान परिचयपत्र वितरण सुरु गरिएको हो। 

पहिलो चरणको वितरण प्रक्रियालाई हेरेर थप कर्मचारीको व्यवस्था गर्दै अर्को चरणमा वितरण गरिने उहाँले बताउनुभयो । 

राष्ट्रिय परिचय पत्र लिन औँठा छाप अनिवार्य भएकोले सम्बन्धित (व्यक्ति स्वयम्) अनिवार्य उपस्थित हुनुपर्ने समेत प्रशासनले जनाएको छ।

कार्यालयमा एक हजार सात सय ७९ वटा परिचयपत्र आएको भए पनि सुरुमा पाँच सय थान वितरणको तयारी गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button