पाल्पामा राहदानी वितरणबाट झण्डै ७ करोड राजश्व सङ्कलन
पाल्पा ।पाल्पामा राहदानी वितरणबाट जिल्ला प्रशासन कार्यालयले ६ करोड ९६ लाख १० हजार दुई सय रुपियाँ राजश्व सङ्कलन गरेको छ । आर्थिक बर्ष २०७९/०८० मा राहदानी बनाउने नागरिकबाट ६ करोड ९६ लाख १० हजार दुई सय रुपियाँ राजश्व सङ्कलन गरेको सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले जानकारी दिनुभयो ।
राहदानी बनाउनेको सङ्ख्या बढेपछि राजश्व सङ्कलन पनि वृद्धि भएको हो । आर्थिक बर्ष ०७८/०७९ मा जिल्ला प्रशासन कार्यालय पाल्पाबाट चार हजार ४ सय ३१ जनाले राहदानी बनेको थियो ।
भने गत आर्थिक बर्ष २०७९÷०८० मा १२ हजार ८ सय २३ जनाले राहदानी बनाएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । प्रशासनले दुई वर्षअघि ४ सय ८१ वटा एमआरपी पासपोर्टको द्रुत सिफारिस गरेको थियो भने गत आर्थिक वर्षमा ४ सय ९१ वटा सिफारिस गरेको सहायक प्रजिअ रानाले बताउनुभयो ।
प्रशासनले गत आर्थिक वर्षमा जम्मा एक वटा मात्र वैवाहिक अङ्गीकृत नागरिकता जारी गरेको छ भने दुई वर्षअघि छ वटा जारी गरेको प्रशासकीय अधिकृत यज्ञश्वर पन्थीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्