तपाईँ सुन्दै हुनुहुन्छः

भत्ता बुझेर घर फर्किरहेका एक वृद्धको माटोमै मृत्यु

बैतडी । बैतडीमा वृद्ध भत्ता बुझेर घर फर्किरहेका एक वृद्धको माटोमै मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका ६ रोडी बस्ने ७१ वर्षीय धन सिंह भण्डारीको वृद्ध भत्ता बुझेर घर फर्किने क्रममा बाटोमै मृत्यु भएको हो ।

वडा नं ३ र ४ को सिमानामा  पर्ने गोगनपानी भन्ने स्थानमा मृत फेला परेका वडा नं ६ का वडा अध्यक्ष राम सिंह पुजाराले जानकारी दिनुभयो । 

पञ्चेश्वर गाउँपालिकाको वडा नम्बर ३ स्थित कुमाउँको नविल बैङ्कबाट वृद्ध भत्ता बुझेर सोमबार घर फर्किएका भण्डारी साँझसम्म पनि घर नपुगेपछि खाजी भएको थियो । सोही क्रममा मङ्गलवार बिहान मृत अवस्थामा फेला परेको वडा अध्यक्ष पुजाराले बताउनुभयो । 

वडा नं ६ को  रोडीदवलबाट नविल बैङ्क रहेको स्थान कुलाउसम्म करिब ५ घण्टाको पैदल दुरीमा रहेको वडा अध्यक्ष पुजाराले बताउनुभयो । 

मृत फेला परेका वृद्ध भण्डारीको टाउकोमा चोट लागेको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button