तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर हाइड्रोमा कार्यरत कामदारको मृत्यु

भोजपुर । निर्माणाधीन हाइड्रोमा काम गर्ने कामदारको करेन्ट लागेर मृत्यु भएको छ ।

भोजपुरको उत्तरमा रहेको षडानन्द नगरपालिका १ मा निर्माणाधीन चिर्खुवा हाइड्रोका कामदारको करेन्ट लागेर मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरीका अनुसार सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ३ का १७ वर्षीय सुशान्त चौधरीलाई शनिबार हाइड्रोभित्र काम गर्ने क्रममा लाइन सर्ट भई करेन्ट लागेको थियो ।

घाइते चौधरीलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी, दिङला लाने क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button