कक्षा १२ मा पढ्ने विद्यार्थीको दुवै मृगौला फेल, सहयोगको याचना
चितवन । चितवनको कालिका नगरपालिका ६ का राजन शर्माको दुवै मिर्गौलाले फेल भएपछि उपचारमा सहयोगका लागि अपिल गरिएको छ ।

आमा लक्ष्मी शर्माले गत जेठ मा परीक्षणको क्रममा दुवै मिर्गौलाले काम गर्न छाडेपछि उपचार खर्च सहयोग गर्न अपिल गर्नुभएको हो । १८ वर्षीय शर्मा भरतपुरमा रहेको नारायणी पब्लिक स्कुलमा कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ ।
उपचारका लागि आर्थिक अभाव भएकोले सहयोगको अपिल गरिएको लक्ष्मीले बताउनुभयो । १८ वर्षीय छोराको मृगौला प्रत्यारोपण गरी पुनर्जीवन दिनको लागि कसैले गरेको सहयोग जीवनदान सरह हुने बताउँदै उहाँले सबैसँग सहयोगको अपिल गर्नुभएको छ ।
उपचारमा सहयोग गर्न चाहनुहुनेका लागि मुक्तिनाथ विकास बैङ्क मा लक्ष्मी शर्माको नाममा रहेको खाता नम्बर ११०२१६००४४९५०६०००००१ रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्