तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा ट्याक्सी दुर्घटना हुँदा १३ जना घाइते, १ को मृत्यु

File Photo

पाँचथर । मेची राजमार्ग स्थित पाँचथरको फिदिम २ कृष्ण मन्दिर नजिकै ट्याक्सी दुर्घटना भएको छ । दुर्घटनामा परी १ को मृत्यु भएको छ । 

मृत्यु हुनेको पहिचान खुलेको छैन । ट्याक्सीमा सवार १४ जना यात्रु मध्ये  १३ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

झापादेखि फिदिमतर्फ आइरहेको मे १ ज १९४१ नम्बरको ट्याक्सी दुर्घटना भएको हो । दुर्घटनामा परि घाइते भएकालाई उपचारका लागि पाँचथर अस्पताल ल्याइएको छ । 

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button