तपाईँ सुन्दै हुनुहुन्छः

अज्ञात समूहले गरे गुठिचाैरका ७ वटा घरमा आगजनी

जुम्ला । अज्ञात समूहले गुठिचाैर गाउँपालिकाका विभिन्न गाउँका सात वटा घरमा आगजनी गरेका छन् । गुठीचाैर गाउँपालिका -४ स्थित विभिन्न गाउँका गरि सातवटा घरहरूमा अज्ञात समुहद्दारा आगो लगाइएको हाे।

धवलपुर गाउँका प्रेम न्याैपाने र खडान्द पाण्डेकाे घर, बाउली गाउँमा कविदत्त न्याैपानेकाे घर, डाँडाबाडामा कविदत्त न्याैपानेकाे घर, दलिबाडामा लालचन्द्र सार्कीको घर र बिगारे गाउँमा भिम प्रसाद जैशीकाे घरमा अज्ञात समूहले आगो लगाउँदै हिडेकाे वडा नं ४ का अध्यक्ष टिकादत्त न्यौपानेले बताउनुभयो ।

धिता र देपालगाउँमा पनि यस्तो घटना भएको खबर आइरहेको उनले बताए । त्यस्तै पार्किङ गरि राखेको ट्याक्टरमा समेत आगो लगाइएको छ।

सबैभन्दा धेरै डाँडाबाडाका कविदत्त न्याैपानेकाे घरमा क्षति भएको छ। ‘आगो लगाउने बित्तिकै थाहा पाउँदा अधिकांश घरहरू क्षति हुन जोगिएका छन् । उहाँले भन्नुभयो,”अज्ञात समूहबाट घरको चुक्कुल लगाएर, पेट्रोल छर्केर आगो लगाइएको छ।”

आगो लगाइएको कुरा थाहा पाउने बित्तिकै जिल्लाबाट प्रहरीको टोली खटाइएको डिएसपी प्रह्लाद कार्कीले बताउनुभयो । विभिन्न गाउँका घरहरूमा आगो लगाइएको थाहा पाउने बित्तिकै प्रहरी खटाइएको छ । भने ‘प्रहरी घटना स्थलमै रहेको के कति क्षति भयो भन्ने बारे एकिन विवरण आउन बाँकी रहेको डिएसपी कार्कीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button