नेपाल बक्सिङ सङ्घको अध्यक्षमा राम अवाले निर्वाचित
कास्की । नेपाल बक्सिङ सङ्घको अध्यक्षमा राम अवाले निर्वाचित हुनुभएको छ । नेपाल बक्सिङ सङ्घको बुधवार हिजो पोखरामा भएको छैटौँ साधारण सभा अधिवेशनले अवालेलाई दोस्रो पटक अध्यक्षमा निर्वाचित गरेको हो ।
सङ्घको वरिष्ठ उपाध्यक्षमा अर्जुनबहादुर केसी र पाँच उपाध्यक्षहरूमा गणेशबहादुर भट्टराई, भोजराज सिटौला, सविन भट्टचार्य, ओमनारायण श्रेष्ठ र रामबहादुर गिरीलाई चयन गरेको छ ।
त्यस्तै, महासचिवमा मानबहादुर भण्डारी तथा सचिवमा पुष्करराज पन्त, कोषाध्यक्षमा गौतम सुखजु चयन भएका छन् । सङ्घको सदस्यहरूमा गोविन्द डङ्गोल, रेशम पुन, मिलनध्वज राना, बमबहादुर स्याङ्गतान, रेखा थापा मगर, रमेश अधिकारी, दुर्गा गहतराज, लक्ष्मण कार्की, सञ्जयकुमार पासवान र समर जङ्गबहादुर चन्द चयन भएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद् राखेप का सदस्य सचिव टङ्कलाल घिसिङले बक्सिङ खेललाई पुरानै अवस्थामा पुर्याउनु पर्ने बताउनु भयो । उहाँले बक्सिङको इतिहास दोहोर्याउन निरन्तरताले मात्र नपुग्ने भन्दै खेल विकासमा पहिलेको जस्तै सफलता आवश्यकता रहेको बताउनु भयो
सदस्य सचिव घिसिङले अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि बजेटको अभाव हुन नदिने तर आफूलाई परिणाम भने चाहिने बताएका छन् । उनले अहिलेदेखि नै ओलम्पिकको तयारी थाल्न निर्देशन दिनु भयो । खेल सङ्घहरूले साधारण सभा र अधिवेशन गर्न निर्देशन समेत दिनु भयो ।







प्रतिक्रिया राख्नुहोस्