राजदूत पदमा सिफारिस व्यक्तिका विरुद्ध उजुरी आव्हान

काठमाडौँ । संसदीय सुनुवाइ समितिले विभिन्न ६ देशका लागि सिफारिस राजदूत पदमा नियुक्त हुने व्यक्तिका बारेमा सार्वजनिक उजुरी माग गरेको छ ।
सिंहदरबारमा आज बसेको संसदीय सुनुवाई समितिको बैठकले १० दिनको समयावधि तोकेर उजुरी माग गर्ने निर्णय गरेको हो ।
समितिले सर्वसाधारणलाई जानकारी दिने र राजदूतमा सिफारिस भएका व्यक्तिहरू नियुक्त हुन अनुपयुक्त लागेमा उजुरी दिन सरकारी सञ्चार माध्यमबाट सूचना प्रसारण गर्ने निर्णय गरेको छ ।
गत असार २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मुलुकका लागि ६ जना परराष्ट्र सेवाका सहसचिवलाई राजदूत पदका लागि सिफारिस गरेको थियो ।
जसमा न्युयोर्कस्थित संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगमा सहसचिव लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोग र स्वीजरल्याण्डका लागि आवासीय राजदूतमा सहसचिव रामप्रसाद सुवेदी सिफारिस हुनुभएको छ ।
यसैगरी सहसचिव सुधीर भट्टराई फ्रान्स र सहसचिव घनश्याम लम्साल कुवेतका, सहसचिव तेजबहादुर क्षेत्री संयुक्त अरब इमिरेट्स र धनबहादुर वली थाइल्यान्डका लागि राजदूत पदमा सिफारिस हुनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्