तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली नदीको बहाव बढ्दै गएकाले सर्तक रहन स्थानीयलाई प्रशासनको आग्रह 

डडेल्धुरा । महाकाली नदीमा पानीको बहाव बढ्दै गएपछि स्थानीयवासीलाई डडेल्धुरा प्रशासन कार्यालयले सर्तक भएर बस्न आग्रह गरेको छ । डडेल्धुरा, बैतडी र दार्चुला क्षेत्रमा बिहानैदेखि अविरल वर्षा हुन थालेपछि महाकाली नदीमा पानीको बहाव बढ्दै गएको हो । 

डडेल्धुराको परशुराम नगरपालिका–५ महाकाली नदी पारिगाउँ बाढी मापन केन्द्रमा मङ्गलवार मध्यान्ह १२ बजेतिर पानीको बहाव ५ मिटर ८० सेन्टिमिटर पुगेको जल तथा मौसम फिल्ड कार्यालय डडेल्धुराका प्रमुख श्याम सुनारले जानकारी दिनुभएको छ । 

‘नदीमा पानीको बहाव बढेको विषयमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरालाई जानकारी गराइसकेको छु, उनले भने, ‘आज दिनभर नै पानी पर्ने अनुमान छ । 

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले पनि सबैलाई सचेत रहन आग्रह गरेको जनाएको छ ।  निरन्तर वर्षा भएसँगै महाकालीमा पानीको बहाव र सतह बढ्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न प्रम’ख जिल्ला अधिकारी विश्वराज न्यौपानेले सबैलाई आग्रह गरेको जनाउन’ भएको छ । 

पानीको बहाव बढेसँगै यहाँका पालिकाहरूमार्फत स्थानीयलाई सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको प्रजिअ न्यौपानेले जानकारी गराउन’भयो । हामीले यहाँका स्थानीय तहलाई पनि खबर गरेका छौँ,’ उहाँले भन्न’भयो ‘तीन दिनसम्म पानी पर्ने सम्भावना रहेको बुझ्न आएको छ त्यसैले सबैलाई सचेत भएर बस्न आग्रह छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button