तपाईँ सुन्दै हुनुहुन्छः

देशभरका शिवालयहरूमा भक्तजनहरूको घुइँचो (फोटोफिचर)

काठमाडौँ। सौरमास अनुसार साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ ।

हिन्दु धर्मालम्वीहरुले साउन महिना र सोमबारलाई भगवान् शिवको बारका रूपमा मान्ने चलन छ । यस दिन शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास सहित पशुपतिनाथ लगायतका मन्दिरहरूमा भक्तजनको भीड लाग्ने गरेको छ ।

साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

फोटोफिचर :

तस्बिर : रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button