सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै
धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक दिउँसो ३ः०० बजे बस्ने भएको छ ।
यसअघि प्रदेशसभा बैठक आज बिहान साढे आठ बजे बस्ने भनिए पनि कार्यावस्था परामर्श समितिको बैठकको निर्णय अनुरुप आज दिउँसो ३ः०० बजेका लागि बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
आजको बैठकमा प्रदेश सरकारले असार १ गते प्रदेशसभा बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक बर्ष २०८०÷०८१ को बजेट पारितको प्रस्ताव निर्णयार्थ पेश गरिने कार्यसूची रहेको छ । प्रदेशसभामा असार २६ गतेदेखि प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०८०÷०८१ को बजेटमाथि दफावार छलफल भइरहेको छ ।
यसअघि बैठकमा बजेटमाथिको छलफलमा भाग लिनुभएका सत्ता पक्ष र प्रतिपक्षका प्रदेशसभा सदस्यहरुले बजेटप्रति असन्तुष्टि जनाउँदै बजेट संशोधनको माग गर्नुभएको थियो । उहाँहरूले यथास्थितिमा बजेट पारित हुन कठिनाइ हुने उल्लेख गर्दै स्वास्थ्य क्षेत्रलाई बजेटमा उपेक्षा गरिएको दाबी गर्नुभएको थियो ।
बजेटप्रति सत्ता पक्ष र प्रतिपक्ष दलहरूको असन्तुष्टि देखिएपछि ढिलो गरि असार २६ गतेदेखि प्रदेशसभामा बजेटमाथिको छलफल शुरु भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्