तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस सभापति देउवाद्वारा सीता दाहालको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी एवं सो पार्टीका केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

दाहालको ६९ वर्षको उमेरमा आज बिहान उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।

सभापति देउवाले शोक विज्ञप्तिमार्फत दाहालकोे निधनप्रति दुःख गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ प्रधानमन्त्री दाहाललगायत शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button