विपद व्यवस्थापनका लागि तयारीमा रहन मातहतका निकायलाई मुख्यमन्त्री शाहको निर्देशन
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विपद व्यवस्थापन कार्यका लागि तयारीमा रहन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकमा मुख्यमन्त्री शाहले मनसुन सक्रिय भइरहेको अवस्थामा बाढी, पहिरो, डुबान, कटान जस्ता विपद्का घटना आइपर्ने भएकाले त्यसको व्यवस्थापन एवं प्रतिकार्य तयारीमा जुट्न निर्देशन दिनुभयो ।
मुख्यमन्त्री शाहले विपद जोखिमप्रति चनाखो हुँदै भइपरी आउने उद्धार तथा राहत कार्यका लागी तयारी अवस्थामा बस्न निर्देशन दिनुभयो । मुख्यमन्त्री एवं समितिका अध्यक्ष शाहको अध्यक्षतामा बसेको बैठकमा प्रमुख सचिव, सचिव, चार वटै सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्