सुदूरपश्चिम प्रदेशसभामा बजेटमाथिकाे छलफल सुरु

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा आजदेखि आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल सुरु भएको छ । प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफलका प्रस्ताव प्रस्तुत गर्नुभयो ।

त्यस क्रममा मन्त्री शाहीले बजेट यथार्थपरक रहेको उल्लेख गर्दै सुदूरपश्चिम प्रदेशको विकसित यात्राका लागि बजेटले आधार तय गर्ने बताउनुभयो । आजको छलफलमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल, नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी, नागरिक उन्मुक्तिका सचेतक कैलाश चौधरी, राप्रपाका खेमादेवी विष्ट, डा. तारा जोशी (स्वतन्त्र)ले भाग लिनुभयो ।
प्रदेश सरकारले यही असार १ गते आगामी आर्थिक jर्ष २०८०/०८१ का लागि करिब २९ अर्ब २६ करोड ५९ लाख बराबरको बजेट प्रदेशसभा बैठकमा प्रस्तुत गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्