तपाईँ सुन्दै हुनुहुन्छः

चालकको निःशुल्क आँखा परीक्षण

धनकुटा । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले धनकुटामा सार्वजनिक सवारी साधनका चालकको निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरिएको छ ।

कोशी प्रदेशमा ट्राफिक सप्ताह सञ्चालन भइरहेको अवसरमा चालकहरूको आँखा जाँच गरिएको हो । शिविरमा आवश्यक औषधि र चश्मा निःशुल्क वितरण गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।

धनकुटाको जिरोप्वाइन्टमा सञ्चालन भएको शिविरमा धनकुटाबाट पूर्वी पहाड तराइ तथा राजधानी जाने २ सय ५ जना सवारी चालकको आँखा जाँच गरिएको हो ।

डा. रामप्रसाद पोख्रेल आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । धनकुटाबाट लामो र छोटो दूरीका लगभग ३ सय सवारी साधन सञ्चालन हुने गरेको खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button