तपाईँ सुन्दै हुनुहुन्छः

मेलमिलाप आयोगको कार्यविधि पुस मसान्तसम्म थप्ने सरकारको निर्णय

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि आगामी पुस मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले आयोगको कार्यविधि थप गर्न बाधा अड्काउ फुकाऊ आदेश जारी गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

यसैगरी बैठकले निजामती सेवाको रिक्त राजपत्राङ्कित विशिष्ट श्रेणी सचिव पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button