तपाईँ सुन्दै हुनुहुन्छः

वाम एकताको कुराबाट कांग्रेस तरङ्गित हुनुपर्दैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुशासन, समृद्धि र न्यायको पक्षमा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको बताउनुभएको छ ।

गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मोत्सवको अवसरमा चाबहिलस्थित जपी कोइराला मेमोरियल कलेजले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सामान्य रुपमा देशमा सुधार हुने सम्भावना नभएकाले अर्को आन्दोलनको आवश्यकता रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले कम्युनिष्टहरुको एकताको कुराबाट नेपाली कांग्रेसपार्टीलाई तरङ्गित नहुन आग्रह गर्नुहुँदै कम्युनिष्टहरुबीच एकता भए पनि काँग्रेससँगको सम्बन्ध नटुट्ने बताउनुभयो ।

विगतका राजनीतिक आन्दोलनहरूमा कांग्रेस र कम्युनिष्ट मिलेर लडेकै कारण हालसम्मको उपलब्धि हासिल भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको कार्यभार पूरा गरी मुलुकलाई समृद्धितर्फ लैजान काँग्रेससँग सहकार्य गरिने प्रतिबद्धता पनि जनाउनुभयो ।

आफू नेतृत्व नलिए देश दुर्घटनामा जाने सम्भावना देखेर कहिले एमालेसँग र कहिले काँग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री बनेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

यस अवसरमा प्रधानमन्त्री प्रचण्डले कहिले कम्युनिष्टसाग कहिले काँग्रेससँग गठबन्धन गरेर सरकारको नेतृत्व गर्दा आफूलाई विचित्रको अनुभव भएको पनि बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग बिताएका क्षणको स्मरण गर्दै गिरिजा आफ्नो प्रेरणाको स्रोत भएको पनि उल्लेख गर्नुभयो । उहाँले गिरिजा प्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नबनाउँदा आफूबाट गल्ती भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button