तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड दुईतर्फी खुल्यो 

चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड दुईतर्फी खुलेको छ । 

पहिरो पन्छाएपछि आज साँझ ५ बजेर ५५ मिनेटमा दुईतर्फी रुपमा खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।  

शनिबार साँझ ५ः०० बजे ईच्छाकामना वडा नम्बर ५ स्थित तीन नम्बरमा पुलमा पाँच बजे खसेको पहिरो खसेको थियो ।  दुई वटा लोडर र एउटा एक्जाभेटरले पहिरो पन्छाएर सडक दुर्इ तर्फी खुलाइएको ट्राफिक प्रहरी  चितवनका प्रमुख राजकुमार तामाङ्गले जानकारी दिनुभयो । 

पहिरो हटाएपछि दुईतर्फी रहेका सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको उहाँले बताउनुभयो । सोही स्थानमा गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हँुदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button