काँग्रेसभित्र वैचारिक पुनरजागरण आवश्यक छ : नेता केसी
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले पार्टीभित्र वैचारिक पुनरजागरण आवश्यक रहेको बताउनुभएको छ ।
काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको प्रमाणपत्र वितरण समारोहमा आयोजित कार्यक्रममा उहाँले काँग्रेसभित्र वैचारिक पुनरजागरणको नयाँ क्रान्ति सुरु गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो ।
नेता केसीले काँग्रेसलाई जनताले भ्रष्टाचार, विकृति र मनपरितन्त्रको अन्त्य गर्ने पार्टीका रूपमा चिनेको बताउनुभयो । उहाँले जनता निराश भएर विकल्प खोजिरहेका छन् भन्दै काँग्रेसको अहिलेको जस्तै नेतृत्व र विचार लिएर अगाडि बढेमा भविष्य चुनौतीपूर्ण हुने उल्लेख गर्नुभयो ।
उहाँले काँग्रेसले नयाँ विचार र दृष्टिकोणसहित सुध्रिएको सन्देश जनतामा दिनुपर्ने बताउनुभयो । नेता केसीले राष्ट्र र लोकतन्त्रलाई गति दिनका निम्ति पत्रकारिता क्षेत्रको ठूलो योगदान रहेको बताउनुभयो । सत्य र न्यायको निम्ति लेख्न र सत्यको बाटोमा हिँड्न पत्रकारलाई उहाँले आग्रह गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्