उपप्रधानमन्त्री श्रेष्ठको सम्मानमा रात्रि भोजको आयोजना
काठमाडौँ । जनवादी चीनको भ्रमणमा रहनुभएका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुवान प्रान्तका सविच वाङ सिवहुइले आयोजना गर्नुभएको रात्रि भोजमा सहभागी हुनुभएको छ ।
उहाँको सम्मानमा होटल जिन जियाङमा रात्रि भोजको आयोजना गरिएको थियो । सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीको सिचुवान प्रान्तका उच्च अधिकारीको सहभागिता थियो ।
त्यसअघि उपप्रधानमन्त्री श्रेष्ठले आजै छेन्दुमा रहेको पान्डा प्रजनन केन्द्र र १९ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको अवलोकन गर्नुभएको थियो । उहाँले शुक्रबार सिचुवान विश्वविद्यालयका पदाधिकारीसँग भेट र त्यहाँ अध्ययनरत विद्यार्थीलाई सम्बोधन मन्तव्य दिनुहुनेछ ।








प्रतिक्रिया राख्नुहोस्