तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली व्याख्या सहितको उपदेशरत्नमाला पुस्तक सार्वजनिक

काठमाडौँ । नेपाली व्याख्या सहितको उपदेशरत्नमाला पुस्तक लोकार्पण गरिएको छ ।

व्याख्याकार प्राध्यापक पद्मप्रसाद भट्टराईले नेपाली भाषामा अनुवाद गर्नुभएको उपदेशरत्नमाला पुस्तकको आज काठमाडौँमा आयोजित कार्यक्रममा श्री वैष्णव परिषद् नेपालका अध्यक्ष देवराज आचार्य, श्री वेंकटेश गुरुकुल वत्तिसपुतलीका संस्थापक/सञ्चालक प्राध्यापक डाक्टर पुरुषोत्तम नेपाल लगायतले संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो ।

द्राविण वेदका रुपमा रहेको दिव्य प्रबन्धको सार उपदेशरन्तमालालाई दक्षिण भारतमा श्रीवरवरमुनिस्वामीले मणिप्रवाल भाषामा लेख्नुभएको थियो ।

मणिप्रवाल भाषामा रहेको उपदेशरत्नमालालाई वरवरमुनिस्वामीका नाति श्रीआभिरामवराचार्यले वसन्ततिलक छन्दमा संस्कृतमा ७३ श्लोकको रचना गर्नुभएको यसै कृतिलाई प्राध्यापक पद्मप्रसाद भट्टराईले अन्वय सहित नेपाली भाषामा अर्थ लेख्नुभएको छ ।

श्री वैष्णव परिषद्का अध्यक्ष देवराज आचार्यले सम्प्रदाय बुझ्न चाहने द्रविण र संस्कृत भाषाको ज्ञान नभएकाहरूको लागि यो एउटा महत्वपूर्ण कृति भएको बताउनुभयो ।

प्राध्यापक डाक्टर उमेश नेपालले सनातन संस्कृति र सभ्यताको लागि संस्कृत शिक्षा अनिवार्य भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button