तपाईँ सुन्दै हुनुहुन्छः

घरको छतबाट खसेर एक जनाको मृत्यु

कञ्चनपुर। कञ्चनपुरमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।

शुक्लाफाँटा नगरपालिका १० शान्तिपथ बस्ने भतिजा नाता पर्ने दान बहादुर शाहको घरमा गएका भीमदत्त नगरपालिका २ उल्टाखाम बस्ने ६७ वर्षीय देवीलाल शाहको बिहीबार बिहान मृत्यु भएको हो ।

राति ०१:४५ बजेको समयमा सुत्नका लागि छतमा गइरहेको अवस्थामा १ तले घरको छतबाट खस्न गई घाइते हुँदा उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा पुर्‍याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको हो ।

सो सम्बन्धमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button