तपाईँ सुन्दै हुनुहुन्छः

लम्पी स्किन संक्रमणबाट बाँकेमा एक सय बढी पशुचौपायाको मृत्यु

नेपालगञ्ज । लम्पी स्किन सङ्क्रमणबाट बाँकेमा एक सय बढी पशुचौपायाको मृत्यु भएको छ । दश हजार बढी पशुचौपायामा लम्पी स्किनको संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जले जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार करिब १२५ पशुचौपाया लम्पी स्किन सङ्क्रमणबाट मरेका छन् ।

जिल्लामा तीव्र गतिमा लम्पी स्किनको संक्रमण फैलिए पनि अझैसम्म खोप उपलब्ध नहुँदा समस्या बढको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जका अधिकृत तथा पशु चिकित्सक डा। रुपेन्द्रकुमार ओलीले बताउनुभयो । घाउ, खटिरा आएकालाई ड्रेसिङ गर्ने काम भइरहेको जानकारी दिँदै डा। ओलीले भाइरसबाट सर्ने रोग भएकाले खोप बाहेक यसको दिगो उपचार नभएको बताउनुभयो । खजुरा, बैजनाथ र राप्तीसोनारी गाउँपालिकामा लम्पी स्किन संक्रमण बढी फैलिएको छ । अन्य पालिकाहरूमा पनि संक्रमण देखिएको ओलीले बताउनुभयो । 

पशु चिकित्सकका अनुसार पशुलाई धेरै ज्वरो आउनु, शरीर र मुखमा फोका जस्ता खटिरा निस्कनु, श्वासप्रश्वासमा समस्या हुनु, दानापानी नखानु र दुधालु पशु भए दूधको उत्पादन घट्नु, गर्भ तुहिनु लम्पी स्किन सङ्क्रमणका मुख्य लक्षण हुन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button