तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेशसभाको बैठक बस्दै

मकवानपुर।बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट माथि छलफलका लागि हिजो दिउँसो १ बजे बोलाइएको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्षी दल राप्रपाको अवरोधका कारण साँझ पौने ६ बजेसम्मका लागि स्थगित भएको थियो । तर, सत्तारुढ दल तथा प्रतिपक्ष दल बीचको छलफल कुनै निष्कर्षमा नपुगेपछि बैठक आज बिहान ११ बजे सम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

बैठकमा आज पनि विपक्षी दलले बिरोध गर्ने जनाएको छ । विपक्षी दलले मुख्यमन्त्री र केही मन्त्रीले आफ्नो क्षेत्रमा मात्र बजेट विनियोजन गरेको भन्दै यो सङ्घीयता विरोधी बजेटलाई कुनै पनि हालतमा पास हुन नदिने चेतावनी दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button